मेट्रो हस्पिटलमा निःशुल्क व्लड सुगर र प्रेसर जाँच
काठमाडौँ, २९ कात्तिक । चक्रपथस्थित मेट्रो काठमाडौँ हस्पिटलले आम सर्वसाधारणको लागि अझै दुई सातासम्म मधुमेह र व्लड प्रेशर जाँच निशुल्क गर्ने बताएको छ । अस्पताल परिषरमा विहान ७ देखि ११ बजेसम्म पुग्नेहरुले निशुल्क रुपमा व्लड सुगर व्लड प्रेसर जाँच गर्न सक्नेछन् ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रकाश ओलीले नोभेम्वर महिनाभर मधुमेह र रक्तचाप परीक्षण निशुल्क गरिएको बताए । उनले हरेक हप्ता विभिन्न स्थानमा गएर निशुल्क स्वास्थ्य शिविर राखिएको जानकारी दिए । हामीले अघिल्लो हप्ता बुढानिलकण्ठ मन्दिर परिषरमा ५०० जनाको स्वास्थ्य परीक्षण गरेको, त्यसभन्दा अघि शंखपार्क परिषरमा निशुल्क स्वास्थ्य शिविर राखी ३ सय जनाको स्वास्थ्य परीक्षण राखिएको जानकारी दिए ।
यसैबीच विश्व मधुमेहदिवसको अवसरमा हस्पिटलले मंगलबार विहान प्रभातफेरीको आयोजना गरयो । डा। ज्योति भट्टराई र डा। मधु पाण्डेको नेतृत्वमा अघि बढेको प्रभातफेरी बाँसबारी देखि त्रिवि शिक्षण अस्पतालसम्म पुगी फर्केर अस्पताल आई समाप्त भएको थियो । सो अवसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मधुमेह रोगको बारेमा जानकारी दिनुका साथै रोगबाट बच्ने उपायबारेमा जानकारी गराएका थिए ।