इबोला पछि युगान्डामा देखियो ‘मारवर्ग भाइरस

भक्तपुर न्यूज

२२ कार्तिक २०७४ १०:३७

इबोला पछि युगान्डामा देखियो ‘मारवर्ग भाइरस

एजेन्सी २२ कार्तिक । अति दुर्लभ रोगका कारण युगान्डा तथा केन्याका तीन जनाको मृत्यु भएको छ । उत्तरी युगान्डाको केविन राज्यमा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु मारवर्ग नामक भाइरसको संक्रमणका भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।डब्लुएचओका अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस ‘फिलोभाइरस’ प्रजातीको हो र यसको मृत्युदर उच्च छ । मारवर्ग भाइरसकै कारण ८८ प्रतिशत मृत्यु हुनसक्छ । यो रोग गत अक्टोवर १९ मा पत्ता लागेको थियो ।
चमेरोबाट मानिसमा सर्ने यो रोग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।मानिसको थुुक, र्‍याल, पसिना तथा स्पर्शको माध्यमबाट पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो रोग लागेको दुई दिन देखि २१ दिन भित्रमा लक्षण देखा पर्ने गर्छ । जसलाई चिकित्सकीय भाषामा इन्क्युवेशन पिरियड पनि भन्ने गरिन्छ । यो रोग लागेमा लक्षण अचानक देखिने गर्छ र डर लाग्दो अवस्थामा देखा पर्ने गर्छ । यो रोग लागेमा मांसपेशी दुख्ने, शरीरमा पीडा हुन्छ ।

सामान्यतः यो रोगको लक्षण देखा परेको तीन दिन पछि चक्कर लाग्ने, वान्ता हुने, झाडापखाला हुने लगायतको ग्याष्ट्रोइन्टेस्टाइनल समस्या देखिन थाल्छ । विश्व स्वास्थ्य संगठनले यस्तो अवस्थामा आउने विरामीलाई भूतको संज्ञा दिएको छ, जहाँ विरामीको आँखा भित्र पस्ने, कुनै प्रतिक्रिया नजनाउने तथा थकित हुने गर्दछन् । यो रोगमा पनि इबोलामा झै क्रोनिक हेमोरहेजिक ज्वरो आउने गर्छ । जसमा धेरै ज्वरो आउने र रक्तनलीले राम्रोसँग काम गर्न सक्दैन र निरन्तर रगत बग्न थाल्छ । यस्तो लक्षण रोग लागेको ५ देखि ७ दिन भित्रमा देखिन सुरु हुन्छ । यदि यो रोग देखिएमा वान्तामा रगत देखिने, नाक, मुख, गिजाबाट रगत बग्ने गर्दछ ।

त्यस्तै, यो रोग लागेमा स्नायु प्रणालीमा समेत समस्या उत्पन्न भई व्यक्ति चिडचिडा हुने, दिग्भ्रमित हुने गर्दछ । साथै लक्षण देखा परेको करिब ८ देखि ९ दिन भित्रमा मानिसको मृत्यु हुन्छ । यो रोग विश्वमै नयाँ भएको र हालसम्म तीनजनामात्र यसबाट प्रभावित भएकोमा तीनजनाकै मृत्यु भएकोले विश्व स्वास्थ्य संगठनले यसको मृत्युदरलाई शतप्रतिशत मान्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *