अब ८० किसिमका औषधि निःशुल्क

भक्तपुर न्यूज

२० कार्तिक २०७४ ३:१०

अब ८० किसिमका औषधि निःशुल्क

काठमाडौ, २० कात्तिक । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क पाइन्थ्यो ।

स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्र डोटेलले मानसिक र नसर्ने रोगका औषधिको मात्रा थप गरिएको जानकारी दिए । उनका अनुसार अब मानसिक रोगका ६ र नसर्ने रोगका ४ गरी १० प्रकारका औषधि पनि निःशुल्क पाइनेछ । पछिल्लो समय नसर्ने रोगका बिरामीहरूको संख्या बढ्न थालेपछि सरकारले त्यसको न्यूनीकरणका लागि औषधि थप गरेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *