भक्तपुर कांग्रेसका महासमिति सदस्य वनद्धारा पार्टी परित्याग

भक्तपुर न्यूज

१८ कार्तिक २०७४ ५:३२

भक्तपुर कांग्रेसका महासमिति सदस्य वनद्धारा पार्टी परित्याग

भक्तपुर, १८ कात्तिक । भक्तपुरमा नेपाली कांग्रेसका एक नेताले पार्टी परित्याग गरेका छन् । कांग्रेसका महासमिति सदस्य प्रवीण वनले पार्टीले न्याय नगरेको भन्दै पार्टी परित्याग गरेका हुन ।

आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (क ) मा उम्मेदवारीको आंकाक्षी रहँदै आएका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

वनले राजीनामापत्रमा भनेका छन् – आफूले जुन कांग्रेसको परिकल्पना लिएर हिँडेको हो आज त्यस्तो नरहेको र अन्याय गर्न उद्दत रहेकाले कांग्रेसमा आफूलाई निरन्तर समाहित गर्न न्यायोचित नदेखिएकाले पार्टी परित्याग गरेको हुँ ।

वनले शुक्रबार जिल्ला सभापति दुर्लभ थापामार्फत् पार्टी केन्द्रीय सभापति लोकतन्त्र र प्रजातन्त्र संकट परेमा त्यसको रक्षार्थ आफूलाई पहिलो पंक्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै अब स्वतन्त्र जीवन जीउने प्रणसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *