समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै

भक्तपुर न्यूज

१७ कार्तिक २०७४ ६:११

समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै

काठमाडौं, १७ कात्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ बुझाएको बन्दसूची निर्वाचन आयोगले आज सार्वजनिक गर्दै छ ।
आज सार्वजनिक गरिएका सूचीमध्येबाट प्रदेश र प्रतिनिधिसभाका समानुपातिक तर्फका ३३० जना सदस्य निर्वाचित हुनेछन् । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र सातै प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन् ।
गत असोज २९ गते दलहरुले बुझाएको सूचीका त्रुटी सच्याउँदै निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेभित्र सूची सार्वजनिक गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
प्रवक्ता ढकालका अनुसार समानुपातिकतर्फ आयोगमा प्रतिनिधिसभा तर्फ ४९ र प्रदेश सभातर्फ ५५ दलले बन्दसूची बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *