राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन : बिजुक्छें

भक्तपुर न्यूज

१७ कार्तिक २०७४ ४:१६

राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन : बिजुक्छें

भक्तपुर, १७कार्तिक । नेपाल मजदुर किसानका अध्यक्ष नारायणमान बिजुक्छेंले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।
रफत सञ्चार क्बलद्वारा (आज) आयोजित साक्षात्कार कार्यक्रममा उनले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए । उनले नयाँ पुस्ता राजनीतिक जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णय अनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए ।
उनले नेपालको राष्ट्रिय राजनीतिले बाटो विराउँदै गएको वर्तमान अबस्थामा पाटी विस्तार भन्दा पनि आफू र आफ्नो पार्टीले सैदान्तिक र गुणात्मक बिषयको उठाउन गर्दै अग्रसरता जनाउँने बताए ।
वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमिा सक्रियरुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) सत्ताका लागि मात्र गठबन्ध गरेको आरोप लगाए । यो गठबन्धन भित्र नै आन्त्रिक कलह भैरहेकोले यसले दिर्घकालिन रुप लिन नसक्ने उनको टिप्पणी छ ।
गठबन्धले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीको रुपमा राजनीतिक दलहरु आउन सक्ने अवस्था गठबन्धनो स्वरुपले देखाएकाले राजनीतिक भद्रगोल बढ्ने भन्दै उनले भने थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *