शिक्षा ऐन नवौं संशोधन विरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, १७ कात्तिक । शिक्षा ऐन नवौं संशोधनले सार्वजनिक शिक्षा ध्वस्त हुने तथा शिक्षक हुन चाहनेहरुको प्रतिष्पर्धाको अधिकार हनन् हुने दावी सहित सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । कानून ब्यवसायी तथा लाईसेन्स लिएर बसेका विद्यार्थीले मुद्धा दायर गरेका हुन् ।
शिक्षा ऐन संशोधन विरुद्ध मुद्धा दायर, शुक्रबार संवैधानिक ईजलासमा पेशी राखिएको छ । ऐनमा भएमा व्यवस्थाहरु कानून, नजिर सिद्धान्त समेतका आधारमा गैर संवैधानिक, मौलिक हक उपर अनुचित बन्देज लगाएकोले, लागु भएको मितिबाट वदर र अमान्य घोषित गरी माग बमोजिम आदेश जारी गर्न माग गर्दै मुद्धा दायर भएको हो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष समेत रहेका अधिवक्ता ज्योति बानियाँ, स्थायी अध्यापन अनुमतिपत्र लिई करार शिक्षकका रुपमा कार्यरत धरान ११ का सन्तोष भट्टराई समेत जना २ र अर्का अधिवक्ता रिता भण्डारीले मुद्धा दायर गरेका हुन् ।