आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

भक्तपुर न्यूज

१६ कार्तिक २०७४ ६:३६

आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

भक्तपुर, १६ कार्तिक । देशभरका पाँच वर्षमुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । आज छुटेका बालबालिकालाई भने भोली खुवाइनेछ ।
गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो ।
दुई दिनसम्म खुवाइने कार्यक्रम रहेकाले आफुलाई पायक पर्ने ठाउँमा गएर खुवाउन बालस्वास्थ्य महाशाखाले आहृवान गरेको छ । आज बिहानैदेखि सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समिति अन्तरगतका प्रत्येक वडामा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ ।
जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउन देशभर करिबा ५३ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् । नेपालमा भिटामिन ‘ए’ कार्यक्रम सन्चालन भएपछि वर्सेनि १२ हजार बालबालिका अकालमा हुने मृत्युबाट जोगिएको स्वास्थ्य मन्त्रालायले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *