एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि
काठमाडौं, १२ कार्तिक । एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् । यस अघि सो औषधी एचआइभी संक्रमितलाई मात्र दिइदै आएको थियो ।
रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो ।
संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन गर्न पाउँने छन् ।
सरकारले जोखिममा रहेकाको परीक्षण गर्ने, परीक्षणबाट एचआइभी संक्रमित भएको भेटिएमा उपचार शुरु गर्ने र सन् २०३० सम्म एचआइभीलाई निर्मूल बनाउने योजना बनाएको छ । वैदेशिक रोजगारी, खुल्ला सीमा, संक्रमित पत्ता लागेर पनि नियमित औषधि खान नमान्नुजस्ता कारण एचआइभी संक्रमण घटाउन समस्या भइरहेको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७