आज सप्तरीका सबै स्थानीय तह बन्द

भक्तपुर न्यूज

१२ कार्तिक २०७४ ४:४१

आज सप्तरीका सबै स्थानीय तह बन्द

काठमाडौं, १२ कार्तिक । सप्तरीको राजविराजबाट काठमाडौ आउँदै गरेको यात्रुबस हिजो त्रिशुली नदी खसेर दुर्घटनामा परी मुत्यु हुनेको संख्या ३१ पुगेको छ । दुर्घटनामा सप्तरीकै २० भन्दा बढीको मत्यु भएपछि सिङ्गो जिल्ला शोकमग्न भएको छ । दुर्घटनामा परी सप्तरीका व्यक्तिहरुको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आज शोक मनाउने भएका छन् ।
जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुले छलफल गरेर एक दिन शोक मनाउने निर्णय गरेका हुन् । सबै स्थानीय तहमा आज एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले बताए । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तह छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *