नेमकिपा एक्लै चुनावी मैदानमा उत्रदै

भक्तपुर न्यूज

९ कार्तिक २०७४ ६:४७

नेमकिपा एक्लै चुनावी मैदानमा उत्रदै

भक्तपुर, ९ कार्तिक । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुनै पार्टीसँग ताममेल नगर्ने बताएका छन् ।

बिहिबार सञ्भारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा बिजुक्छेंले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफूहरुसँग चुनावी तालमेलमा आउन आग्रह गरेता पनि नेमकिपाले बिना सहकार्य निर्वाचनमा जाने तयारी गरेको स्पष्ट पारे । जातजातीको कुरो गर्ने जातिय पार्टी, धर्मको कुरो गर्ने धार्मिक पार्टी र देश र अनतराष्ट्रि बिषय उठान गर्ने राष्ट्रिय पार्टी हुने बताउँदै उनले थ्रेस होल्डलेको आफ्नो पार्टी कडा प्रतिरोधमा लाग्ने बताए । नेमकिपा हिजो पनि राष्ट्रिय पार्टी थियो र भोली पनि राष्ट्र र राष्ट्रियताको हितमै काम गर्ने पार्टी भएकाले यो राष्ट्रिय पार्टी हुने उनले दाबी गरे ।

केही दिनअघि नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले विजुक्छें निवास पुगेर लोकतान्त्रिक गठबन्धनमा नेमकिपालाई आउन आग्रह गरेका थिए । त्यस क्रममा काँगे्रसले भक्तपुरको क्षेत्र नम्वर २ र चाँगुनारायण नगरपालिकामा आफ्नो पार्टीलाई सघाउन आग्रह गरेका थिए । यस्तै बाम गठबन्धनमा समेत सहभागि हुन बिभिन्न पार्टीका नेतहरुलेसमते नेमकिपालाई आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *