शिक्षा नवौं संशोधन प्रमाणीकरण भए २७ सय पद घट्ने
काठमाडौं, ६ कात्तिक । शिक्षा ऐनको नवौं संशोधन प्रमाणीकरण भएमा शिक्षक विज्ञापनको खुल्लामा लगभग २७ सय ५० पद घट्ने भएको छ । अस्थायी शिक्षक समस्या समाधान गर्न शिक्षा ऐनको आठौं संशोधनमा भन्दा राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी नवौं संशोधनमा दायर फराकिलो बनाईएकाले उक्त संख्या घट्ने भएको हो ।
आठौं संशोधन अनुसार ५१ र ४९ प्रतिशतका आधारमा शिक्षक सेवा आयोगले तयार गरेको वर्गिकरणलाई ऐनमै गरिएको आन्तरिक ७५ र खुल्ला २५ प्रतिशत संशोधनले उक्त तथ्याङ्कमा फरक पार्ने भएको हो । ुमोटामोटी विवरण तयार पार्दा नवौं संशोधन प्रमाणीकरण भएमा २७ सय ५० पद घट्ने देखिएको छु आयोग श्रोतले भन्यो, तिहार विदा पछि बल्ल कार्यालय खुलेको छ, हामी उक्त विवरणलाई अन्तिम रुप दिने काममा ब्यस्त छौं ।
यो फरक विज्ञापन नम्बर ३ अर्थात् २०६३ साउन २२ गते देखि संविधान जारी हुनु अघिल्लो दिन अर्थात् २०७२ असोज २ गते सम्म रिक्त पदमा हुने छ । जहाँ यस अघि पनि विज्ञापन भएर नयाँ शिक्षक नियुक्ति भईसकेकोले कोटा पनि कम छ । २०४९ पुस २० गते भन्दा अघिलाई विज्ञापन नम्बर १, ०४९ पुस २१ देखि २०६३ साउन २१ सम्मलाई २ र ०६३ साउन २२ गते देखि २०७२ असोज २ गते सम्मको विज्ञापनलाई ३ नम्बर विज्ञापन भनिएको छ ।
यस अघि शिक्षा विभागले आयोगमा बुझाएको रिक्त पदको आधारमा प्रावि, निमावि र मावि गरी तिनवटै तहमा १९ हजार ३ सय २० पदमा आयोगले विज्ञापन गरेको थियो । संविधान जारी हुनु अघिल्लो दिन अर्थात् २०७२ असोज २ गते सम्म विभागले २४ हजार ७ सय ४३ पदपूर्तिको माग गरि आयोगमा विवरण बुझाएको थियो । उक्त विवरणमा प्रावि तर्फ १८ हजार ५ सय ८६, निमाविमा ३ हजार ५ सय ९९ र माविमा २ हजार ५ सय ५८ पद थियो । सोही आधारमा आयोगले विज्ञापन गरेको थियो ।
तर यही विचमा केही अस्थायी शिक्षकहरुको आन्दोलनलाई देखाएर आफ्ना कार्यकर्ता संरक्षणमा दलहरु केन्द्रित हुँदा योग्य शिक्षक छनौटको बाटो बन्द गर्दै ऐनमा नवौं संशोधनको प्रकृया शुरु गरिएको हो । राजनीतिक दल, आफ्ना कार्यकर्ता संरक्षणमा केन्द्रित भएर संसदबाट पारित गराएपनि उक्त ऐन प्रमाणिकरण गर्दा सार्वजनिध शिक्षा ध्यवस्त हुने भन्दै प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई चौतर्फी दवाव छ ।