मुख, ओठ र जिब्रोमा खटिरा आएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस यि उपाय

भक्तपुर न्यूज

५ कार्तिक २०७४ ७:१७

मुख, ओठ र जिब्रोमा खटिरा आएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस यि उपाय

के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएकाे छ ?  यस्ता घाउ खटिराकाे समस्या बढेर जटिल समस्या पनि अाउन सक्छ ।  घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

त्यसैले मुखको घाउ , खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्:

–  पानी प्रशस्त पिउने
– बढी चिसो वा तातो नपिउने
– हरियो सागपात तथा फलफुलहरु मजाले चपाएर खाने
– बढी चिल्लो नखाने
– हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने
– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
– बदाम भिजाएर खाने
– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
– मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
– जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने । बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *