अधिकारमा हैन कर्तव्यमा जोड दिनुपर्ने
भक्तपुर, १ कात्तिक । माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा आइसकेको शिक्षालाई मजबुत बनाउन प्रधानाध्यापकले स्थानीय तहले अधिकारसँगै कर्तव्यमै जोड दिएका छन् । ‘विद्यालयहरुमा विविध किसिमका समस्याहरु छन्, सामुदायिक विद्यालयहरुको मुख्य समस्या भनेको विद्यार्थी कम हुुँदै जानु हो । विद्यार्थी संख्या बढाउने हो भने स्थानीय तहमा शिक्षाको अधिकार आएको बेलामा अधिकार मात्र होइन, कर्तव्यतिर सोच्नुपर्छ ।’ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं। ९ स्थित जोरपाटी माविका प्रअ हरिप्रसाद ढकालले भने ।
त्यस्तै भक्तपुर नगरपालिका ब्यासीस्थि बासु मािवका प्रअ अम्बिका न्याइच्याईले पनि विद्यालयमा विद्यार्थीहरुकै समस्या भएको बताउँदै विद्यार्थी संख्या बढाउने उपायतिर लाग्नुपर्ने बताइन् । ‘विद्यालयको क्षमताअनुसार विद्यार्थी संख्या कम । यस्तो हुनुको कारण निजी विद्यालय बढ्दै जानु हो । विद्यार्थीलाई सही तरिकाले गुणस्तरीय शिक्षा दिन सक्यौं भने राम्रो हुन्छ । शिक्षक र विद्यार्थी अनुपात मिलेको छैन ।’ उनले भनिन् ।
प्रअ ढकालले स्थानीय तह स्वयम् पनि के गर्ने कसो गर्ने भन्ने अलमलमा रहेको पनि बताए । ‘सरकारले शिक्षा हेर्नका लागि भनेर नगरपालिकाहरुमा खटाएका कर्मचारीहरुमा दुविधाको स्थिति छ । दुबैपक्षबीच समन्वय गरेर विद्यालयको समस्या पहिल्याउनुपर्छ । अब स्थानीय तहको अधिकार क्षेत्रमा विद्यालय हैन कि कर्तव्य क्षेत्र सार्वजनिक विद्यालय हुनुपर्छ ।’ उनले भने ।
प्रअ ढकालले विद्यालयहरुलाई भौतिक रुपले पनि मजबुत बनाउनुपर्ने आवश्यकता देखेका छन् । जनप्रतिनीधिहरु आए पनि शैक्षिक अन्योल रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘यतिबेला जिशिका र नगरपालिकाको हकमा कुरा गर्ने हो भने नगरपालिकामा कुनै समस्या लिएर गयो, जिल्ला शिक्षा कार्यालयतिर देखाउने, जिल्ला शिक्षा कार्यालयमा कुनै समस्या लिएर गयो, नगरपालिकातिर देखाउने । आपूmलाई अफ्ठ्यारो पर्ने कुरा भयो भने अकोतिर देखाउने, पन्छाउने । त्यस्तो किसिमको अवस्था छ ।’
त्यस्तै भक्तपुर नगरपालिकाकै भार्वाचोस्थित गणेश माविका प्रअ गंगाप्रसाद याकामी र चाँगुनारायण नगरपालिका सुडालस्थित पञ्चकन्या माविका प्रअ सन्तराम दुलालले आफ्ना विद्यालयमा माध्यमिक तहको दरबन्दी नरहेको बताउँदै जिशिकाले मावि सञ्चालनको लागि स्वीकृति दिए पनि दरबन्दी नदिँदा निजी स्रोतबाट शिक्षक राखी मावि चलाउनुपरेको बताउँदै स्थानीय तहबाटै केही शिक्षकहरुका लागि आर्थिक स्रोत जुटाइदिनुपर्नेमा जोड दिए ।