कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता
काठमाडौ, ३० असोज ं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकीकरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरेका छन् ।
एकताको दस्तावेज सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाएका थिए । देउवा र गच्छदारको बीचमा उभिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैको हात मिलाइदिएका थिए ।एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको गच्छदारले बताए । उनले भने, ‘निःशर्त एकता घोषणा गरिएको छ ।’
कार्यक्रममा भावुक बनेका गच्छदारले एकताको विरोध ज(जसले गरे पनि कुनै परवाह नगर्ने बताए । कांग्रेसको राजनीति छाडेर फोरम लोकतान्त्रिक गठन गरेका उनले भने, ‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन ।’ एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गच्छदारले हात मिलाउँदा दुवैको हात मिलाइदिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिए ।