चुनाबी अभियानमा एकजुट हुन निर्देशन

भक्तपुर न्यूज

२९ असोज २०७४ ६:०३

चुनाबी अभियानमा एकजुट हुन निर्देशन

भक्तपुर, २९ असोज । नेपाली काँग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका काँग्रेसलाई पहिलो पाटीका रुपमा विजयी गराउने अभियानमा एकजुट भएर लागिपर्न जिल्लास्थित नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काँग्रेस भक्तपुर नगरसमिति अन्र्तगत वडा नं १ ले आज गरेको दीपावली, तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो निर्देशन दिएका हुन् ।

आशन्न निर्वाचनमा भक्तपुरमा काँग्रेसको जितका लागी पाटीभित्र देखिएका र भइरहेका सानातिना गुट उपगुट मनमुटावलाई त्यागेर पाटीको हितमा अघि बढ्न जरुरी रहेको बताउँदै उनले निर्वाचनका लागी तयारी अबस्थामा रहनुपर्ने अबको आवश्यकता भएको बताए ।
वडा सभापति पवन भुजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा निवर्तमान साँसद रामेश्वर ढुंगेलले काँग्रेस रहे मात्र काँग्रेसी रहने भएकोले आगामी निर्वाचनमा भक्तपुरका सबै क्षेत्रमा काँग्रेसले अग्रिम स्थान ल्याउन आबश्यक रहेको बताए ।

यसका लागी नेता, कार्यकता र काँग्रेस शुभचिन्तकहरुको साथ सहयोगको खााचो रहेको भन्दै उनले काँग्रेस जिताउ अभियानमा एकमन भएर अघि बढ्न सबैमा आग्रह गरे । कार्यक्रममा काँग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्रीका साथै स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवारहरु राजाराम खड्का, बिष्णु बहादुर कार्की, उपमेयरका उम्मेदवार सरु बानियाँ लगायतका काँग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *