आज राष्ट्रपतिबाट सात विधेयक प्रमाणिकरण

भक्तपुर न्यूज

२७ असोज २०७४ १०:२१

आज राष्ट्रपतिबाट सात विधेयक प्रमाणिकरण

काठमाडौं, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातवटा विधेयक प्रमाणिकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदबाट पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पेश गरेपछि ति विधेयकहरु राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन् ।
उनले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग विधेयक २०७४, राष्ट्रिय समाबेशी आयोग विधेयक २०७४, आदिबासी जनजाती आयोग विधेयक २०७४, मधेसी आयोग विधेयक २०७४, अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ र राष्ट्रपति, उपराष्ट्रपतिको पारिश्रमिक तथा सुरक्षा सम्बन्त्री विधेयक २०७४ र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४ प्रमाणिकरण गरेकी हुन् ।
ति विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणिकरण भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *