बामगठबन्धन विदेशी इशारामा होइन : प्रवक्ता भुषाल

भक्तपुर न्यूज

२७ असोज २०७४ ७:०५

बामगठबन्धन विदेशी इशारामा होइन : प्रवक्ता भुषाल

भक्तपुर, २७ असोज । नेकपा माआवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले बाम गठबन्धन बिदेशीको इशरामा नबनेको बताइन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बाम गठबन्धन नेपालका बामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निमार्ण गरेको र बिदेशीको इशरामा नबनेको उनले बताएकी हुन ।

उनले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धमा आवद्ध भएका राजनीतिक दलहरुले आआफ्नो चुनाव चिन्ह लियर चुनवमा जान सक्ने समेत प्रष्टाइन् । वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पाटीले निर्वाचन अघि सरकार नछाडेने उनले बताइन् ।

तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उनले बाम गठबन्धनमा निर्वाचन क्षेत्रका बिषयलाई लिएर बाहिर आएको हल्ला जस्तो नभइ छलफल जारी रहेको बताइन् । उनले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरुमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफल समेत रहेको बताइन् ।

उनले बामपन्थी र पजातान्त्रिक शक्ति दुई पक्षमात्र हुने भन्दै अवको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत ल्याएर देशलाई आर्थिक सम्बृद्धि र स्थिर सरकार बन्ने बताइन् । आफ्नो पाटीले बिगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको बिषयमा आवाज उठाउँदै आएको र निर्वाचन पश्चात दुइ तिहाई मत प्राप्तसँगै त्यसले समेत पूणता पाउने उनको भनाई छ ।

बर्तमान सरकार नेपालका दुई छिमेकीसँग सफल कुटनीतिक पाटो निर्वाह गरिरहेको समेत उनले प्रष्टाइन् । केही दिनअघि राजधानीमा भएको हत्या प्रकरण निन्दनीय भएको उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *