केसीको स्वास्थ्य अवस्था थप कमजोर

भक्तपुर न्यूज

२७ असोज २०७४ २:३५

केसीको स्वास्थ्य अवस्था थप कमजोर

काठमाडौ, २७ असोज । चिकित्सा शिक्षा क्षेत्र तथा सेवा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनरत डा गोविन्द केसीको अनशन आज नवौं दिन पनि जारी छ ।संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्ने चलखेल भएको भन्दै केसी गत असोज १९ गतेदेखि अनशनमा बसेका हुन् । अनशन नवौं दिनमा जारी रहँदा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

मुटुको चालमा समस्या आएका कारण केसीलाई जुनसुकै समयमा आइसियुमा सार्नुपर्ने अवस्था रहेको निगरानीमा संलग्न चिकित्सकहरुले बताएका छन् । केसीलाई तथा निन्द्र नपर्ने समस्या समेत देखिएको छ ।

यसैबीच केसीको माग सम्बोधनका लागि भन्दै सरकारले प्रधानमन्त्री कार्यालयका सचिव नरेन्द्र प्रसाद उपाध्यको नेतृत्वमा वार्ता समिति गठन गरेपनि ठोस पहल भनेको हुन सकेको छैन । समितिले डा केसीका मागबारे अध्ययन भइरहेको जनाएको छ । सरकार र केसीका प्रतिनिधिबीच आज वार्ताको सम्भावना रहेपनि समय भने तय भइनसकेको केसीका सहयोगी डा अविशेक सिंहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *