न्यायालयमा न्याय हरायो : डा केसी

भक्तपुर न्यूज

२५ असोज २०७४ ९:३४

न्यायालयमा न्याय हरायो : डा केसी

काठमाडौं, २५ असोज । आमरण अनसनरत प्रा. डा. गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन् । सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहेका केसीले न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताएका हुन् ।
नले भने, “न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले हाकिम बनेर शासन गर्न हो भने न्याय खोज्न जनता कहाँ जाने? यसको विरुद्धमा लड्नु सबै नेपालीको कर्तव्य हो ।”
डा. केसीले आफूले सदैव चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सबै नेपालीका लागि सहज हुनुपर्छ भनेर चिकित्सकका हैसियतमा लडाइँ लडिरहेको बताउँदै अब न्यायपालिकाका गलत फैसलाविरुद्ध लडाइँ लड्ने स्पष्ट पारे ।
उनले भ्रष्टाचार मुद्दा लागेका आयल निगमका महानिर्देशक गोपाल खड्कालाई न्यायालयले उन्मुक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले सरकारका सबै अंगलाई सम्मान गर्ने भन्दै त्यसलाई सञ्चालन गर्ने राजनीतिक व्यक्ति र राजनीतिक दलले खराब बनाएको आरोप लगाए ।
डा। केसीले संशोधनसहित तत्काल चिकित्सा शिक्षा विधेयक कात्तिक ४ गते संसद्को कार्यकालअघि नै पारित गर्न अनुरोध गरेका छन्। उनले अनसनको छैटौँ दिनसम्म सरकारका तर्फबाट कुनै किसिमको प्रतिक्रिया नआएको पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *