स्वास्थ्य बीमा विधेयक संसदबाट पारित

भक्तपुर न्यूज

२५ असोज २०७४ ०:५९

स्वास्थ्य बीमा विधेयक संसदबाट पारित

काठमाडौं, २५ असोज। संसद बैठकले स्वास्थ्य बीमा विधेयक २०७४ पारित गरेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको विधेयक संसद बैठकबाट सर्वसम्मत पारित भएको हो । पूर्व स्वास्थ्यमन्त्री गगन थापाको पालामा विधेयक तयार पारिए पनि संसदमा पेश हुन सकेको थिएन ।

गरिब जनतालाई सुलभ र सहजरुपमा आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले विधेयक ल्याइएको हो । विधेयकअनुसार प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ ।

उक्त विधेयकमा स्वास्थ्य बीमामा आवद्ध हुन प्रत्येक परिवारलाई इकाइका रुपमा मानिने र परिवारका सबै सदस्य स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुनुपर्ने व्यवस्था छ । बीमामा आवद्ध हुनका लागि निश्चित रकम ९प्रिमियम० तिर्नुपर्ने हुन्छ । उक्त रकम पारिवारिक इकाइका आधारमा लिइने छ । तर, गरिबीको रेखामुनी रहेका र प्रिमियम तिर्न नसक्ने परिवारका हकमा सरकार आफैंले रकम तिरिदिने व्यवस्था राखिएको छ ।

प्रिमियमा रकम कति तिर्ने भन्ने विषयमा भने नियमावली बनाएर पछि स्पष्ट पारिने छ । निःशुल्क कार्यक्रमलाई पनि क्रमशः बीमामा समावेश गर्दै जाने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

विधेयक अनुसार नवजात शिशु, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्तलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु निजको संरक्षक तथा अभिभावकको कर्तव्य हुनेछ । यस्तै वृद्धाश्रम, अनाथालय, बाल सुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नु त्यस्तो संस्थाको व्यवस्थापकको कर्तव्य हुने, राष्ट्र सेवक मानिने व्यक्ति तथा बैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु पर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य बीमा ऐन पारित भएकोमा आफूलाई सबैभन्दा ठूलो आत्मसन्तुष्टि मिलेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *