भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा श्रेष्ठ

भक्तपुर न्यूज

२४ असोज २०७४ ८:५४

भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा श्रेष्ठ

भक्तपुर, २४ असोज । नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरमा डा. ऋषिकेश नारायण श्रेष्ठलाई नियुक्त गरिएको छ । निवर्तमान मेडिकल डाइरेक्टर डा. प्रकाशराज न्यौपानेलाई बिदा गरिएपछि सो पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।
नव नियुक्त मेडिकल डाइरेक्टर श्रेष्ठलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले आज एक समारोहकाबीच पद बहालीको पत्र हस्तान्तरण गरेका छन् ।
डा. श्रेष्ठ अस्पतालमै कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिष्ट रुपमा कार्यरत छन् । डा. न्यौपाने अस्पतालको मेडिकल डाइरेक्टर पदबाट बिदा भएपनि अस्पतालको सर्जिकल विभागिय प्रमुखको रुपमा कार्यरत रहने अस्पताल स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *