देउवा सरकार कठपुतली : अध्यक्ष बिजुक्छें
भक्तपुर, २३ असोज । नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सकियता पनि सिंहदरबारको अधिकार गाँउसम्म भन्ने नारामात्र सिमित हुनु र कर्मचारीले सरकार चालाउनुले देउवा सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका हुन् ।
उनले स्थानीय तहको निर्वाचन सकिएको ४ महिना भैसकदा पनि मेयर उपमेयरको तलब सम्म तोक्न नसक्नुका साथै सरकारले जिल्लातहमा पूर्ण अधिकार दिन नसकेको बताए । जनप्रतिनिधि भन्दा गाउँपालिका र कार्यपालिकामा कर्मचारीकै हावी हुनेले समेत थप प्रष्टाएको उनले बताए ।
भारतकै ईशरामा बनेको बाम गठबन्धनका बारे भारतलाई जानकारी नभएको भन्ने बिषय हाँस्यासपद भएको भन्दै बिजुक्छेंले भने ‘प्रचण्ड र बाबुरामलाई थाहा भएको बिषय भारतलाई थाहा छैन भन्नु राजनैतिक स्टन्ट हो ।’ उनले भारतमै हुर्किएका बाबुराम र प्रचण्डलाई थाहा भएको बिषय भारतलाई स्वत थाहा हुने समेत दाबी गरे ।
आफूले बिगत देखि उठाउँदै आएको बिषय भारतले नेपालको सम्बृद्धि हेर्न नचाएको बिस्तारै नेपालमा देखिएको राजनीतिक समिकरण र धुब्रिकरणले प्रष्टाउँदै लगेको समेत टिप्पणी गरे । नेपालको कुटनीतिक पक्ष कम्जोर हुनुमा नेपालकै सत्तासिन दलहरुले भागबण्डामा राजदुत नियुक्ति गर्नुका साथै बोल्नै नजान्ने र बिहानै देखि मदिरामा मात्तिनुका साथै कुटनीतिक मर्यादाको समेत जानकारी नभएका राजदुत नियुक्ति गरिनुले नेपालको कुटनीतिक पक्ष कम्जोर रहेको भन्दै राजदुतलाई दोष दिनुु भन्दा पनि तिनलाई नियुक्ति गर्ने दलहरु दोषि रहेको बताए ।
जुनसुकै दलबीच तालमेल र एकता भएपनि नेपाल मजदुर किसान पाटी कुनै दलसँग पनि तालमेल र एकता नगर्ने बताउँदै उनले आगामी दुबै तहका निर्वाचनमा नेमकिपा एक्लै चुनावी मैदानमा उत्रिने घोषणा गरे ।