काँग्रेस पाटी कार्यालयमा लगाईएको ताला खोलियो
कुमार प्याकुरेल
दैलेख, २३ असोज । आन्तरिक विवादका कारण केही दिनअघि ताला लगाईएको नेपाली काँग्रेस दैलेखमा सोमबार ताला खोलिएको छ । पाटीभित्रै आन्तरिक विवाद बढेपछि काँग्रेसकै एक समूहले पाटी कार्यालयमा ताला लगाएको थियो । लामो छलफल रब हसपछि आगामी निर्वाचनलाई मध्यनजर गर्दै उक्त ताला खोलिएको हो ।
लामो समयसम्म बिबादमा रहेको दैलेख काग्रेस पार्टी कार्यालयमा गरिएको तालाबन्दी खोलिएको नेपाली काँग्रेसद्धारा जारी एक प्रेस बिज्ञप्ति माफर्तत बताईएको छ । पूर्व राज्यमन्त्रि समेत रहेका गणेश बहादुर खड्का,पार्टी सचिव टेक बहादुर कटुवाल, कोषाध्यक्ष पुर्ण चालिसे लगाएतका नेता कार्यकर्ताहरूले एक प्रेस बिज्ञप्ति जारी गरि आसन्न २०७४ मसिर २१ गते हुन गईरहेको सघ र प्रादेशिक खुल्ला तथा समानुपातिक तर्फ हुने निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा पार्टीलाई ताला खोलिएको जानकारी दिएका छन् ।
काठमाडौमा रहेका पार्टी अध्यक्ष कृष्ण कुमार बिसिले आसन्न निर्वाचनका लागि जिल्लामा सबै उम्मेदवारहरूको उम्मेदवार मनोनयन गराउन आफु काठमाडौ आएको र निर्वाचनको सङ्घारमा आएर असन्तुष्ट पक्षहरूबाट पार्टी कार्यालयमा गरिएको ताला खुलाएकोमा सबैप्रति आभार व्यःत्त गरेका छन् । उनले भक्तपुर डटकमसँगको कुराकानीमा भने ‘आफु पार्टी सगठनको हितका लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको छु ।’
आसन्न निर्वाचनमा दैलेख काग्रेसलाई बिजयी गराउन भावनात्मक एकता रहेको उनले बताए । लोकतन्त्रको पर्यायबाचि शब्द भनेको नेपाली काग्रेस भएको भन्दै सबै काँग्रसी मनहरू जिल्लामा एक बद्द भएर लाग्न र आसन्न निर्वाचनमा काग्रेसलाई ठुलो पार्टी बनाउन सबैलाई उनले अनुरोध समेत गरेका छन् ।
निर्वाचनको सघारमा आएर सबै पक्ष एक मत भएर काग्रेसलाई जिताउनको भावनात्मक सहमति भएकोमा जिल्ला स्थित काग्रेसका नेता कार्यलाकर्ताहरू निकै खुसि देखिएका छन् । आगामी निर्वाचनमा कााग्रेसले दैलेखका सबै स्थानमा अग्रस्थान हासिल गर्ने काँग्रेस महिला नेतृ एव काग्रेस महासमिति सदस्य मोहनमाया प्याकुरेलको दाबी छ ।