कमल थापाको राप्रपा सरकारमा सहभागि हुने
काठमाडौँ, २३ असोज । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने विषमया टुंगो लगाएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । ‘सरकारमा जाने विषयमा बैठकले लगभग टुंगो लगाएको छ, पाठकले भने, ‘निर्वाचनमा तालमेल र उम्मेदवार चयनको विषयमा भने छलफल जारी रहेको छ ।’
नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर चुनावी गठबन्धन बनाएपछि बिच्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनको तयारी गरेका छन् । उनले माओवादी मन्त्रीलाई सरकारबाट हटाएर राप्रपा, संघीय समाजवादी फोरमलगायतका दललाई सरकारमा सहभागि गराउने तयारी गरेको स्रोतको भनाई छ ।
देउवाले सोहि योजनामा राप्रपा अध्यक्ष कमल थापासँग पटक पटक छलफल गरेको र उनलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने आश्वासन दिएपछि आजको बैठकबाट सरकारमा जाने निर्णय गर्न लागिएको राप्रपा स्रोतको भनाई छ ।