डा. केसीको १३ औं अनसन आजबाट सुरु

भक्तपुर न्यूज

१९ असोज २०७४ ६:२४

डा. केसीको १३ औं अनसन आजबाट सुरु

काठमाडौं, १९ असोज । डा. गोविन्द केसीले दसैंअघि स्थगित गरेको अनसन आजबाट फेरि सुरु गर्दैछन् । संसदमा विचाराधीन अवस्थामा रहेको चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै केसी अनसन बस्न लागेका हुन् ।
यसअघि गत असोज ९ गतेदेखि आमरण अनसन सुरु गरेका उनले दशैंको लागि भन्दै ११ गते फुलपातीको दिन अनसन स्थगित गरेका थिए । उनको यो १३ औं आमरण हो ।
डा. केसीले आज ४ बजेबाट अनसन सुरु गर्ने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *