एमालेले अन्य दलसँग तालमेलको ढोका खोल्यो

भक्तपुर न्यूज

१६ असोज २०७४ ५:०३

एमालेले अन्य दलसँग तालमेलको ढोका खोल्यो

काठमाडौँ,१६ असोज । नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसंग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन ।

यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *