डाक्टर गोविन्द केसीको १२ औं आमरण अनसन जारी

भक्तपुर न्यूज

९ असोज २०७४ ८:१३

डाक्टर गोविन्द केसीको  १२ औं आमरण अनसन जारी

काठमाडौं,१० असोज । प्रा। डा। गोविन्द केसी आमरण अनसन जारी छ । उनको यो १२ औं असनसन हो । चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा। केसीले सोमबार नै अनसन थालेका हुन् ।

उनले भनेका छन्, ‘यसो गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेको उपलब्धिहरु उल्टिने कुरा प्रष्ट छ ।’ डा। केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेसहितका चारबुँदे माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *