डा. गोविन्द केसी ११ बजेदेखि अनसन बस्ने

भक्तपुर न्यूज

९ असोज २०७४ २:३७

डा. गोविन्द केसी ११ बजेदेखि अनसन बस्ने

काठमाडौं, ९ असोज । संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले त्रिवि शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा। गोविन्द केसी आजदेखि १२औं अनसन बस्ने भएका छन्।

माफियामुखी ऐनलाई तत्काल रोकेर सही रूपमा चिकित्सा शिक्षा तथा अन्य मागहरू पुरा गर्न आज बिहान ११ बजेदेखि सत्याग्रह सुरू गर्ने डा। केसीले बताए।

‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी लामो अभियानमा भएको तथा सरकारले बारम्बार सम्झौता उल्लंघन गरेर सीमित व्यवसायी र माफियाहरूको स्वार्थमा काम गरिरहेको कुरा बिदितै छ। यस क्रममा अहिले जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा ऐन जारी गर्न प्रयास भइरहेको पुष्टी भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ यो अवस्थामा स्वास्थ्य क्षेत्रमा दीर्घकालिन हानी पुग्ने गरी ऐन आउनबाट रोक्न आवश्यक भएकाले आजै दिनको ११ बजेदेखि सत्याग्रह कार्यक्रम सुरू गर्ने घोषणा गर्दछौ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *