छालामा मुसाले सताएको छ भने यस्तो गर्नुहोस्

भक्तपुर न्यूज

६ असोज २०७४ १०:२०

छालामा मुसाले सताएको छ भने यस्तो गर्नुहोस्

छालामा साना साना ट्यूमर जस्तै देखिने मुसा अक्सर गरेर मानिसहरुमा हुने गर्दछ । यो शरीरको जुनसुकै ठाउँमा पनि हुन सक्छ ।

त्यसबाट दिग्दार हुनु भएको छ भने अपनाउनुस् यी प्राकृतिक घरेलु उपायहरु :

१. लसुनलाई काटेर मुसा भएको ठाउँमा रगड्ने तथा यसको पेस्ट बनाएर लगाउने गर्नाले केही दिनमा मुसा हराउँदै जान्छ ।

२. कागतिको रस निकालेर कपास (रुई) मा भिजाएर लगाउनाले लाभदायी हुन्छ ।

३. काँचो आलुलाई काटेर मुसामा रगड्नाले मुसा कम हुँदै जान्छ तथा आलुको रसलाई रातभरी मुसा भएको ठाउँमा लगाएर राख्न पनि सकिन्छ ।

४. बेकिङ सोडालाई पेस्ट बनाएर लगउनाले बिस्तारै मुसा कम हुँदै जान्छ र केही दिनमा फरक पन देख्न सकिन्छ ।

५. काउलीको रस, प्याजको रसलाई मुसा भएको ठाउँमा लगाउनाले मुसा समाप्त भएर जान्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *