प्रमुखमा राजपाले खाता खोल्यो
धनुषा, ४ असोज । असोज २ गते सम्पन्न भएको तेस्रो चरणको स्थानीय तहको परीणाम आउन थालेको छ । सबभन्दा पहिलो परिणाम राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा आएको छ । राजपा उम्मेदवारले धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजयी भएर पहिलो परिणाम आफ्नो पक्षमा ल्याएका हुन् ।
हंशपुर नगरपालिकाको प्रमुखमा रामज्ञान मण्डल ९१ मतको अन्तरले विजयी भएका हुन् । उनले ३ हजार ३२० मत पाए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २२९ मत पाए ।
त्यस्तै उपप्रमुखमा रेणु देवी झाले २ सय ४९ मत अन्तरले विजयी भइन् । उनले ३ हजार २७६ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामकुमारी कामतले ३ हजार २७ मत पाइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १०:५३