हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

भक्तपुर न्यूज

४ असोज २०७४ ७:४५

हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौं, ४ असोज । असोज २ गते सम्पन्न प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा भएको निर्वाचनको हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार एक हजार २७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको हो ।
निर्वाचन आयोगकाअनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाही ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *