साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

भक्तपुर न्यूज

३ असोज २०७४ ४:१७

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

काठमाडौं, ३ असोज । साझा प्रकाशनमा भ्रष्टाचार काण्ड चर्किएकाबेला सञ्चालक समितिका तीन सदस्यहरुले सोमबार राजीनामा दिएका छन् । सदस्यहरु दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा।डा। कृष्णहरि बरालले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

शर्मा र नेपाल २४ असार ०७२ मा तथा बराल १० साउन २०७३ मा मन्त्रीस्तरीय निर्णयबाट साझा प्रकाशनको सञ्चालक समिति सदस्यमा नियुक्त भएका थिए । उनको कार्यकाल तीन वर्षको थियो ।

शर्मा, नेपाल र बरालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा आफूहरुको प्रतिष्ठामा समेत आँच आउने खालका अफवाह फैलाइएकाले राजीनामा दिएको उल्लेख छ । गत साउन ९ गते नै शिक्षा मन्त्रालयमा राजीनामा बुझाए पनि मन्त्रालयले समेत भ्रामक समाचार दिएको उनीहरुको गुनासो छ ।

साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माले आर्थिक अनियमितता गरेको भन्दै शिक्षा मन्त्रालयले स्पष्टीकरण सोधेको छ भने अख्तियारले समेत छानविन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *