देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

भक्तपुर न्यूज

१ असोज २०७४ ९:२८

देउवाले  राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौं १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क प्रस्थान गर्नेछन् भने शनिवार उनले महासभालाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई भेट्नेछन् ।

महासभा बैठकका क्रममा प्रधानमन्त्री देउवाले बिहीबार अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री शहिद खाकान अब्बासीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *