मन्त्रीलाई २ नम्बर प्रदेशमा जान रोक

भक्तपुर न्यूज

३१ भदौ २०७४ २:५३

मन्त्रीलाई २ नम्बर प्रदेशमा जान रोक

काठमाडौं, ३१ भदौ । निर्वाचन आयोगले २ नम्बर प्रदेशको निर्वाचनमा मन्त्रीसमेत चुनावी प्रचार प्रसारमा सहभागी भएको भन्दै त्यस्तो कार्य गर्न रोक लगाएको छ । प्रदेश २ का जिल्लामा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई उपस्थित नभइदिन आयोगले शुक्रबार आग्रह गरेको छ।

असोज २ गते हुने मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्य मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सक्ने भएकाले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई निर्वाचन हुने जिल्लामा उपस्थित नभइदिन आयोगले आग्रह गरेको हो ।

शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भएकाले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई जिल्लामा उपस्थिति नभइदिन आयोगले आग्रह गरिसकेको छ । त्यसको जानकारी आयोगमा गराउन आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको आयोगका प्रवक्ता ढकालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *