शिक्षामा गुुणस्तरको लागि नागरिक अनुुगमनमा जोड

भक्तपुर न्यूज

२९ भदौ २०७४ ४:२४

शिक्षामा गुुणस्तरको लागि नागरिक अनुुगमनमा जोड

नेपालगञ्ज २९ भदौ । जोखिम परेका बालबालिका तथा विद्यालय छोडेका बालबालिकालाई शिक्षामा पहुँच गराउनको लागि जिल्ला तथा गाउँपालिका तहमा एक आवासीय विद्यालयको व्यवस्था हुुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं।३ मा शिक्षाको गुणस्तर कसरी बढाउन सकिन्छ भनेर सोमबार आयोजित खुला छलफलका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा सहभागी बढैयाताल गाउँपालिका वडा नं।३ क नवनिर्वाचित वडा सदस्य चन्द्रकला विकले आफू पनि समाजको लागि जवाफदेही हुुने र शिक्षाको क्षेत्रमा सुुधार ल्याउनुपर्ने आवश्यक्ता रहेको बताइन् । सूचना र मानवअधिकार अनुुसन्धान केन्द्रको सक्रियतामा हरिबहादुुर घर्तीको संयोजकत्वमा २५ सदस्यीय स्थानीयसभासमेत गठन गरिएको छ ।

यो सभाले सार्वजनिक निकायबाट प्राप्त सेवाहरूको प्रभावकारिताका लागि स्थानीय तहमा गर्न सकिने पैरवी र सरोकाकारवालासँग समन्वय र सहकार्य गरी कार्यमा प्रभावकारिता बनाउन पहल गर्दछ । पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत सो स्थानीयसभा गठन गरिएको छ । स्थानीय तहमा प्रवाह हुने सामाजिक सेवाप्रभावकारिता, समस्या, चुनौती पहिचान गर्ने र सुधारका योजना बनाउन सघाउने उद्देश्यले स्थानीय सभा गठन गरिएको सूचना र मानवअधिकार अनुुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोमबहादुुर गुरुङले बताए । कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्य र चुनौती पहिचान गर्ने र सेवाको प्रभावकारी बनाउन सघाउने उद्देश्यले सभा गठन गरिएको हो ।

सभाको नियमित वैठकमा कृषि, शिक्षा, स्वास्थ्य र विपत्सम्बन्धी समस्याहरूको पहिचना गरी सो त्रैमासिक बैठकमा छलफल गर्ने र त्यहाँ समाधान नभएका सवालहरू जिल्लामा गठन भएको सार्वजनिक तथा निजी समूहमा छलफल गरिनेछ । यसैबीच, बाँकेमा सामुदायिक विद्यालयमा शिक्षाको अधिकार प्रवद्र्धनका लागि सिकाई आदानप्रदान कार्यशाला नेपालगञ्जमा सम्पन्न भएको छ । छफफलका क्रममा स्थानीय सरकारको योजनामा सामुदायिक विद्यालयको सृदृढीकरणलाई प्राथमिकता दिइने शिक्षा तथा स्थानीय निकायका प्रतिनिधिहरूले बताएका छन् ।एक्सनएड नेपालले नेपालगञ्जमा आयोजना गरेको स्थानीय निकाय र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले शिक्षा स्थानीय निकायको प्रमुख प्राथमिकताको विषय रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सार्वजनिक शिक्षालाई मजबुत पार्न गाउँपालिका अन्तर्गतको बजेटमा शिक्षाको बजेटमा विशेष ध्यान दिइएको बताए । ‘हामीले बनाएका बजेटमा शिक्षामा २० प्रतिशत सम्म बजेट तथा कार्यक्रमको योजना गरेको कक्षपतिको भनाइ रहेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले नगरसभाको तयारीमा रहेको जानकारी दिँदै शिक्षालाई आगामी नगर योजनामा प्राथमिकता दिइने बताइन् । ‘हामीले सबै वडाहरूसँग गरेको छलफलमा पनि शिक्षाको विषय प्राथमिकताको साथ उठेको छ’, उपप्रमुख थापामगरले भनिन्, ‘हाम्रो जोड व्यावसायिक शिक्षाको प्रवद्र्धनमा रहेको छ ।’
बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले परिवतर्तित राज्यको संरचनामा शिक्षासम्बन्धी निकाय र स्थानीय सरकारबीचको तालमेल अझ महत्वपूर्ण रहेको बताए । यसैगरी, एक्सनएड नेपालका पश्चिमाञ्चल स्रोत केन्द्र संयोजक सरोज पोख्रेलले जनताले कर तिर्ने र मतदान गरी स्थानीय निकायका प्रतिनिधि चयन गर्ने भएकाले स्थानीय निकायले सार्वजनिक शिक्षाको प्रर्वद्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यशालामा पश्चिम नेपालका नवलपरासी, पाल्पा, बाँके, बर्दिया, कैलाली, डोटी तथा बाजुराबाट ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *