आज मेडिकल काउन्सिलको निर्वाचन

भक्तपुर न्यूज

२९ भदौ २०७४ ३:५०

आज मेडिकल काउन्सिलको निर्वाचन

काठमाडौं, २९ भदौ । नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि काठमाडौंमा आजदेखि निर्वाचन हुँदै छ । १ जना उपाध्यक्ष र ८ जना सदस्यहरूको ४ वर्षको कार्याकालका लागि काठमाडौंको  नेपाल प्रहरीको हेल्थ क्लव र ललितपुरको जावलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा निर्वाचन हुने काउन्सिलको निर्वाचन समितिले जनाएको छ ।

कार्यसमिति छनोटका लागि हुने मतदान बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रहरी क्लव र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा एकैसाथ सुरु हुने निर्वाचन समितिले जनाएको छ।

मतदान गर्न आउनेहरुले नेपाल मेडिकल काउन्सिलले जारी गरेको परिचय पत्र,काउन्सिलले जारी गरेको चिकित्सक दर्ता प्रमाणपत्र, नेपाल मेडिकल एसोसिएसन, नेपाल डेण्टल एसोसिएसनको अवधि नसकिएको परिचय पत्र, नेपाली नागरिता तथा निर्वाचन आयोगले जारी गरेको मतदाता नामावलीको परिचय पत्र मध्ये कुनै एक सक्कल ल्याउनुपर्ने निर्वाचन समितिले जनाएको छ। त्यसैगरी भदौ २३ गते देशभरीका १६ स्थानमा निर्वाचन भईसकेको काउन्सिलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *