३ मन्त्रीले लिए सपथ

भक्तपुर न्यूज

२६ भदौ २०७४ ८:२७

३ मन्त्रीले लिए सपथ

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रिहरुले राष्ट्रपतिबाट सपथ खाएका हुन् । सपथ खानेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का ३ जना छन् । थपिएका मन्त्रीहरुमा राप्रपा प्रजातान्त्रिकका दीपक बोहरा, विक्रम पाण्डे र सांसद सुनिलबहादुर थापा छन् ।

नवनियुक्त मन्त्री बोहोराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोमबार नै उद्योग राज्यमन्त्री रेशम लामालाई प्रधानमन्त्रीको कार्यलयमा सपथ खुवाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *