राणाको पाटी संकटमा
काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयल निगम घोटाला प्रकरणमा विवादीत बनेका राप्रपा नेता दीपक बोहोरालाई मन्त्री बनाउन इन्कार गरेका छन् । प्रधानमन्त्रीले बोहरालाई वर्तमान मन्त्री परिषद्मा नल्याउनेभ नेपछि आइतबार राप्रपा प्रजातान्त्रिकमा विवाद उत्पन्न भएको छ ।
राप्रपासँगको पाटी विभाजनपछि पहलिो पटक चार मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जान वार्ता गरिरहेका पशुपति समशेर जबरालाई देउवाले बोहोरा बाहेक अरुको नाम ल्याउन आग्रह गरेको राप्रपा प्रजातन्त्रिकले जनाएको छ ।
देउवाले राणालाई आफू राप्रपालाई सरकारमा सहभागी गराउन तयार रहेको तर बोहोराको नाम भने नल्याउन आग्रह गरेको खुलासा भएको छ । उनले तीन मन्त्रालय दिने समेत बताएका छन् । आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका बोहोरालाई देउवाले रुचाएका छैनन् ।
राणाले प्रधानमन्त्रीको आग्रह अनुरुप बोहोराको नाम कटाएर सुनीलबहादुर थापा, विक्रम पाण्डे र रामकुमार सुब्बाको नाम मन्त्री बनाउन खुसुक्क प्रधानमन्त्रीलाई दिएपछि विवाद शुरु भएको स्रोतले बताएको छ ।
बोहोराले मन्त्री बन्न नपाए राप्रपा प्रजातान्त्रिक नामको नयाँ पार्टी नै फुटाउने धम्की दिएको राप्रपा प्रजातान्त्रिकै एक केन्द्रीय सदस्यले बताए ।