खाली पेटमा यी खानेकुरा कहिल्यै खानु हुँदैन, तपाईको ज्यान समेत जान सक्छ
खाली पेटमा केही न केही खानु हाम्रो स्वास्थ्यका लागि राम्रो नै मानिन्छ । तर केही यस्ता चीज छन् जसलाई उठ्ने बित्तिकै सेवन गर्नु भनेको रोगलाई निम्त्याउनु सरह हुन्छ । डाक्टरका अनुसार निम्न पदार्थ सेवन गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्छः
१. पेय पदार्थ वा सफ्ट ड्रिंक्स
खाली पेटमा बजारमा पाइने पेय पदार्थ वा सफ्ट ड्रिंक्स सेवन गर्नु हुँदैन । यस्ता पेय पदार्थमा अत्याधिक मात्रामा कार्बोनेट एसिड पाइन्छ । पेटमा रहेका अन्य एसिडसँग यो एसिड मिलेपछि खतरनाक ग्याँस उत्पन्न हुन्छ । जसका कारण वाक–वाक लाग्ने, पेट दुख्ने र पाचन प्रणाली कमजोर हुने गर्छ ।
२. चिसो पदार्थ वा कोल्ड ड्रिंक्स
सबेरै अति चियो पानी वा कोल्ड ड्रिक्स सेवन गर्नु हुन्न । अति चिसो पदार्थ पिउनाले पेटमा रहेको र पाचन क्रियामा सहयोग गर्ने म्युकस मेम्ब्रेन नामको महत्वपूर्ण भिल्लीमा नराम्रो असर पर्छ । यस्ता पेय पदार्थको साटो हल्का मन तातो पानी वा ग्रीन टि सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
३. अमिला फलफूल
खाली पेटमा अमिला फलफूल खानाले पेटमा एसिडिटी बढ्छ । त्यसैले खाली पेटमा कागती, निबुवा जस्ता फलफूल खानु हुँदैन ।
४. कफी
उठ्ने बित्तिकै कफी पिउने कार्य निकै घातक मानिन्छ । खाली पेटमा कफी सेवन गर्दा पाचन क्रियाका लागि महत्वपूर्ण मानिने हाइड्रोक्लोरिक एसिडको मात्रामा कमि आउँछ । यसले गर्दा ग्यास्ट्रिकको समस्या देखिन्छ ।
५.मसालेदार भोजन
बिहान उठ्ने बित्तिकै मसालेदार, चिल्लो र पिरो पदार्थ सेवन गर्नु हुँदैन । यस्ता पदार्थ सेवनले एसिडिटीको मात्रा अत्याधिक बढी ग्यास्ट्रिक र अल्सर हुन सक्छ । एजेन्सी