प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक ? राज्यमन्त्री विष्ट

भक्तपुर न्यूज

१३ भदौ २०७४ ७:२६

प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक ? राज्यमन्त्री विष्ट

भक्तपुर, १३ भदौ । सुचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकारात्मक भएको भन्दै आफूहरुको भारत भ्रमणका अबस्थामा देउवाले जस्तै राजकिय सम्मान नपाएका कारण विपक्ष दलका नेताहरुले विरोधका नाममा विरोध मात्रै गरेको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विष्टले प्रधानमन्त्री देउवाले भारत भ्रमणका बेला नेपालको तर्फबाट स्पष्ट धारणा राखेको बताउँदै प्रधानमन्त्रीको भ्रमणका बिषयमा टिकाटिप्पणी र आलोचना गर्नुमा कुनै तुक नभएको बताए ।
संविधान संशोधनका बिषयमा उनले संविधान निर्माणकै बिषयमा राजनीतिक दलबीच आबश्यकता र माग अनुसार संशोधन गर्न सकिने सहमति भएका कारण यसमा विवाद गर्न जरुरी नदेखिएको बताए ।
उनले प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनका लागी सरकारले तयारी पुरा गरिसकेको बताउँदै निर्वाचन शान्तिपूर्ण ढंगले तोकेकै समयमा सम्पन्न हुने जानकारी दिए । उनले राजपा लगायतका सबै दलहरुले निर्वाचन आयोगमा दल दर्ता गरिसकेकोले पनि निर्वाचन नहुने बारे शंका नगर्न आग्रह गरे ।
सञ्चारकर्मीको जिज्ञाशामा उनले श्रमजीवी पत्रकारहरुका तमाम खालका समस्या समाधानका लागी सञ्चार मन्त्रालय र सरकार लागी परेको जानकारी दिँदै श्रमजीवीका समस्या तत्कालै समाधानका लागी प्रयास भैरहेको बताए ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाको अबस्थालई हेरेर जिल्ला तहका नेताहरुले अन्य दलसँग तालमेल गर्न सक्ने उहाँले बताए । बाढीपीडितका सन्दर्भमा उनीहरुको तत्कालिन समस्या समाधानका लागी सरकार गम्भीर भएको भन्दै सरकारले राहतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउँदै लगेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *