काउन्सिलको प्रतिवेदन नै फर्जी

भक्तपुर न्यूज

१२ भदौ २०७४ २:५३

काउन्सिलको प्रतिवेदन नै फर्जी

काठमाडौं, १२ भदौ। विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ ।

समितिले करिब २४ किलोमिटर टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटर भित्रै रहेको प्रतिवेदन बनाएर स्वीकृत दिन सिफारिस गरेको छ ।

सम्बन्धनका लागि पूर्वाधार मूल्यांकन गर्ने जिम्मेवारी पाएको काउन्सिलको प्राविधिक टोलीले २४ किलोमिटरभन्दा टाढाको जग्गालाई १० किलोमिटरभित्रै रहेको तथा कलेजमा बन्दै नबनेका विभागसमेत बनेको देखाएर नक्कली प्रतिवेदन दिएको भेटिएको छ ।

काउन्सिलबाट गठिन निरीक्षण टोली प्रमुख अनिलकुमार झा, काउन्सिल उपाध्यक्ष डा शशी शर्मा र सदस्य डा सरोज श्रेष्ठको टोलीले यस्तो प्रतिवेदन दिएको हो । काठमाडौंको घट्टेकुलोदेखि काठमाडौंको चाल्नाखेल तथा ललितपुरको नल्लुबीचको दूरी क्रमशः १३ र २४ दशमलव ५ किलोमिटर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *