प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदै
काठमाडौं, ११ भदौ । भारतका समकक्षी प्रम नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा ५ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किदै छन् ।
राजनीतिक भेटघाट सकेर थिर्थाटनमा निस्किएका प्रधानमन्त्री देउवा भारतको बोधगया पुगेका छन् । प्रधानमन्त्री देउवाले आज गयास्थित महाबोधी मन्दिर दर्शन गर्ने कार्यक्रम छ । देउवा त्यहाँबाट अपराह्न ३ बजे दिल्ली जाने र दिल्लीबाट आजै साँझ ८ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।
देउवाले भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीलगायतका नेता र उच्च अधिकारीसँग उच्चस्तरको राजनीतिक भेटघाट सहित थिर्थाटन गर्दै आज स्वदेश फर्किन लागेको हो ।
नेपाल भारतका बीचमा आठबुँदे सहमति भएको छ भने ४६ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२