आर्थिक अराजकताको कुरामा सत्यता : बिप्लव
काठमाडौ ९ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेता, कार्यकर्ता ‘चन्दामुखी भएको आरोप लागिरहेका बेला उनले पार्टीभित्र व्यापक आर्थिक अराजकता मौलाएको स्विकारेका छन् । केन्द्रीय समिति बैठकमा पेस गरेको दस्ताबेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्वका साथ उल्लेख गरेका छन्।
उनको दस्ताबेजलाई बैठकले अनुमोदन गरेको थियो। पार्टीको नीति बिपरित गएर बिभिन्न स्थानमा नेता कार्यकर्ताबाट भएको गल्तीमा सत्यता भएको उनले खुलास गरेका छन् । स्रोतका अनुसार चन्दको गोप्य प्रतिवेदनमा नेता(कार्यकर्ताकै बीचमा रकम असुली गर्न असम्बन्धित क्षेत्रमा हात हाल्ने अस्वाभाविक प्रतिस्पर्धा चलेको उल्लेख छ।
पार्टीको अनुमतिबेगर नै मुद्दा हेर्ने, पार्टीको उपल्लो कमिटीको अनुमतिविना गिरफ्तार गर्ने जस्ता र अर्थिक पाटोलाई प्रथामिकता दिने क्रियाकलाप पार्टीमा बढेको समते चन्दले स्विकारेको स्रोत बताउँछ । पार्टीका नेता र कार्यकर्तामा आर्थिक बिचलनताकै कारण बिभिन्न खालका प्रश्नहरु उठेको समेत उनले जनाएका छन् । बिशेष त विद्यार्थी, स्वयंसेवक र मजदुर संगठनमा आर्थिक अराजकता चर्को रुपमा देखा परेको नेताहरूको भनाइ छ। नेकपाले प्रवक्ता खडकबहादुर विश्वकर्माको नेतृत्वमा केन्द्रीय अर्थ विभाग बनाए पनि बिभागले प्रभाबकारी भूमिका निर्वाह गर्न नसक्दा यस्तो अराजकता देखिएको नेतहाहरु बताउँछन्।