भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने

भक्तपुर न्यूज

९ भदौ २०७४ ५:३२

भदौ ५ गते १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने

काठमाडौं, ९ भदौ । प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति घोषणा भएको दिनलाई आधार मान्दै निर्वाचन आयोगले भदौ ५ गतेभित्र १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ ।
आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन भदौ ३ गते सम्मको समयसीमा तोकेको थियो ।
त्यसपछि आयोगकै सिफारिसमा भदौ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिको निर्वाचन मंसिर १० गते एकै दिन गर्ने निर्णय गरेको थियो ।
मतदाता नामावली ऐन २०७३ को दफा ६ ख अनुसार १८ वर्ष उमेर पुरा भएको मिति तोक्ने व्यवस्था अनुसार आयोगले भदौ ५ गतेभित्र मतदाताको उमेर १८ बर्ष पुगेको हुनु पर्ने सीमा निर्धारण गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *