त्रिवि परीक्षा नियन्त्रकविहीन
काठमाडौ, ९ भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ । विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टि्फिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन् । तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताए । त्रिविले पहिले आवेदन दिएका विद्यार्थीका ट्रान्सक्रिप्ट मात्र उपलब्ध गराउँदै आएको छ ।
उनका अनुसार, आर्थिक कारोबार, उत्तरपुस्तिकाका परीक्षण गर्ने परीक्षकको पनि पारिश्रमिक उपलब्ध गराउनेलगायतका काम पनि हुन सकेको छैन । यसअघिका परीक्षा नियन्त्रक पुष्पराज जोशीको पदावधि यही भदौ ४ गतेदेखि सकिएपछि त्रिवि परीक्षा नियन्त्रकविहीन बन्न पुगेको छ ।
त्रिवि कार्यकारी परिषद्ले तीन महिनाका लागि विशेष अधिकार प्रयोग गरी नियुक्त गरिएका जोशीको कार्यकाल सकिएपछि नियुक्ति अझै हुन सकेको छैन । त्रिभुवन विश्विविद्यालय अन्तर्गतका विभिन्न आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुले त्रिवि पदाधिकारीहरुको राजीनामा माग गरेका छन् । प्राध्यापकहरु आंशिक प्राध्यापकलाई करार गर्न तथा आंशिक प्रथा अन्त्य गर्ने माग लिएर गत ६ महिनादेखि आन्दोलनरत छन् ।
मंगलबार साँझ त्रिवि पदाधिकारीलाई भेट्न जाँदा प्रहरी बल प्रयोग गरी व्यापक धरपकड, लाठीचार्ज र महिला प्राध्यपकहरुमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल आंशिक प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै घोर भत्र्सना समेत गरेको छ ।
आफ्ना मागप्रति गम्भीर हुन आग्रह गर्न गएका आंशिक प्राध्यापकहरुलाई त्रिवि पदाधिकारीकै निर्देशनमा भएको यस्तो ज्यादतीले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्टार संवेदनहिन गैर जिम्मेवार तथा निन्दनीय भएको ठहर गर्दै उनीहरुको तत्काल राजीनामाको माग गरिएको छ । त्रिवि पदाधिकारी झुठा र गैरजिम्वारी रहेको आरोप लगाउँदै उनीहरुले तत्काल राजीनामा माग गरी यथाशीघ्र समस्या समाधान नगरिए सम्पूर्ण आंगिक क्यापसको पठनपाठन ठप्प पार्ने चेतावनी पनि संघले दिएको छ ।