कमल थापा अदालत जाने

भक्तपुर न्यूज

८ भदौ २०७४ ८:२४

कमल थापा अदालत जाने

काठमाडौं ८ भदौं । राप्रपा अध्यक्ष कमल थापा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा विरुद्ध अदालत जाने भएका छन्। राप्रपा प्रजातान्त्रिकको चालिस प्रतिशत केन्द्रीय सदस्य नरहेकोले दल खारजीको माग गर्दै थापाले अदालत जाने भएका हुन् । दल दर्ताको अन्यौलताका बीच बुधबार मात्र निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय गरेको थियो।

त्यसअघि भदौ ५ गते सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिक दर्ताका लागि निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो। राप्रपा अध्यक्ष कमल थापाले राणाको पक्षमा चालिस प्रतिशत केन्द्रीय सदस्य नरहेकाले सर्वोच्च अदालत जान लागेको जानकारी दिए । ‘फर्जी हस्ताक्षर गरिएको छ, विदेशमा रहेकाहरुको समेत हस्ताक्षर गरिएको छ’, थापाले भने। राप्रपा प्रजातान्त्रिकले सुरुवातमा ५६ जनाको मात्र हस्ताक्षर बुझाएको र सोही आधारमा अगाडि बढाइएको कारवाही अवैधानिक हुने थापा पक्षको दावी छ। राप्रपाका सहायक प्रवक्ता मोहनप्रसाद श्रेष्ठले शुक्रबार सर्वोच्चमा राप्रपा प्रजातान्त्रिक खारेजीका लागि निवेदन दिने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *