प्रधानमन्त्री देउवालाई दिल्लीमा विदेशमन्त्री स्वराजको स्वागत

भक्तपुर न्यूज

७ भदौ २०७४ ७:२५

प्रधानमन्त्री देउवालाई दिल्लीमा विदेशमन्त्री स्वराजको स्वागत

भक्तपुर, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा आज पाँचदिने भ्रमणको क्रममा दिल्ली पुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । त्यहाँबाट उनी भारतीय राष्ट्रपति भवनतर्फ लागेका छन्, त्यही उनी भ्रमण अवअधिभर बस्नेछन् ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा. आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *