नेसनल अस्पताल नै अवैध

भक्तपुर न्यूज

७ भदौ २०७४ ४:०५

नेसनल अस्पताल नै अवैध

काठमाडौं, ७ भदौ । त्रिभुवन विश्वविद्यालयले एमबीबीएस अध्यापन अनुमति दिएको राजधानीको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पतालनै नियमबिपरित सञ्चालन भएको पाइएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार अबेरसम्म पनि नेसनललाई शिक्षण अस्पताल सञ्चालन गर्न अनुमति दिएको छैन। स्वास्थ्यको अनुमति बिना अस्पताल सञ्चालन गर्नु गैर कानुनी हो।

शिक्षा मन्त्रालयले २०६८ साउन ११ गते काठमाडौं नेसनल मेडिकल कलेजलाई आशयपत्र प्रदान गरेको थियो। त्यसक्रममा उल्लेख भएको सर्तको दोस्रो बुँदामा मेडिकल कलेज सञ्चालन गर्ने संस्थाले अस्पताल पूर्ण रूपमा सञ्चालन गरेको हुनुपर्ने भनिएको छ। अस्पताल सञ्चालन गर्न अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्छ। तीन सय शय्याका लागि आवश्यक मापदण्ड पुरा गरेपछि मात्रै स्वास्थ्य मन्त्रालयबाट सञ्चालनको अनुमति पाइन्छ। सञ्चालन अनुमति पाएको शिक्षण अस्पतालले मात्रैं मेडिकल कलेजले एमबीबीएस अध्ययन गराउने अनुमति पाउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *