नयाँ शक्ति पार्टी, नेपालमा नयाँ कार्यविभाजन
एजेन्सी ६ भदौ । काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले नयाँ कार्यविभाजन गरेको छ । काठमाडौंमा बसेको पार्टीको प्रथम महाधिवेशन आयोजक समितिको विस्तारित बैठकले प्रदेशको नेतृत्व र केही विभागको नेतृत्वका बारेमा निर्णय गरेको हो ।
साथै साउन ११–१३ सम्म बसेको संघीय परिषदको बैठकले तत्कालीन केन्द्रीय कार्यकारी समिति विघटन गरेपछि गठित महाधिवेशन आयोजक समिति अन्र्तगत तीन वटा समान हैसियतका अंगहरुः केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषद् हुने निर्णय पनि बैठकले गरेको छ । तीन वटै अंगको संयोजक पार्टी संयोजक नै हुनेछन् । बैठकले तीनवटै अंगमा सदस्यहरु चयन पनि गरेको छ ।
बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
जसअनुसार भदौ १० र ११ गते २ नं। प्रदेशको जनकपुरमा, १२ र १३ गते ३ नं। प्रदेशको काठमाडौंमा, १५ र १६ गते ४ नं। प्रदेशको पोखरामा, १८ र १९ गते ५ नं प्रदेशको बुटवलमा, २१ र २२ गते ७ नं। प्रदेशको धनगढीमा, २४ र २५ गते ६ नं। प्रदेशमा र २८ र २९ गते १ नं। प्रदेशको धरानमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पार्टीले जनाएको छ । साथै असोज २ मा हुने २ नं। प्रदेशको स्थानीय निर्वाचनका लागि रामरिझन यादवको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
यस्तो छ कार्यविभाजन
१ प्रदेशको कार्यविभाजन
प्रदेश उत्प्रेरकरइञ्चार्ज संयोजक
प्रदेश नं १ परशुराम खापुङ राजेन्द्र किराँती
प्रदेश न २ अरविन्द साह डा। सुरेन्द्र यादव
प्रदेश नं ३ हिसिला यमी सोनामसिं स्याङतान
प्रदेश नं ४ देवेन्द्र पराजुली रुद्र गुरुङ
प्रदेश नं ५ नवराज सुवेदी दानबहादुर चौधरी
प्रदेश नं ६ भक्तबहादुर शाह शरुण वाठा मगर
प्रदेश नं ७ भीमबहादुर कडायत कृष्णकुमार चौधरी
प्रवास जनक शाह
२ विभागरसमितिरसंयन्त्ररआयोगहरुको कार्यविभाजन
क केन्द्रीय कार्यालय व्यवस्थापन तथा अनुगमन विभागसंयोजक – गंगानारायण श्रेष्ठ
ख सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागसंयोजक – प्रशान्त सिंहसह–संयोजक – अरुणा रायमाझी
ग स्रोत परिचालन तथा व्यवस्थापन समितिसंयोजक – नारायणराज पाण्डेसह–संयोजक – सुनिल ख“ड्का
घ राजनीतिक–सामाजिक अभियान परिचालन समितिसंयोजक – प्रेम तामाङ
ङ प्रशिक्षण विभागसंयोजक – डम्बर खतिवडा
च संसदीय मामिला तथा सत्ता समन्वय विभागसंयोजक – केशव दाहालसह–संयोजक – डा। मुक्ति रिजाल
बाँकी विभाग, समिति, संयन्त्र, आयोगहरुको कार्यविभाजन संयोजकले अन्य नेताहरुसँगको परामर्शमा तय गर्ने नयाँ शक्तिले जनाएको छ